भारतको अमृतसरमा विस्फोट : पाँच पक्राउ
पञ्जाब । बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै भएको विस्फोटमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको छ।
ट्विटरमा पञ्जाबका प्रहरी महानिदेशक (डीजीपी) गौरव यादवले घटनामा संलग्न पाँच जनालाई गिरफ्तार गरेर मुद्दा चलाएको बताएका छन् । उनले विस्फोटका बारेमा पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत जानकारी सार्वजनिक गरिने बताएका छन् ।
बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै विस्फोट भएको आवाज सुनिएको थियो । यो एक हप्तामा वरपर चकित पार्ने तेस्रो विस्फोट थियो।
पञ्जाब प्रहरी स्रोतका अनुसार विष्फोटको उद्देश्य शान्ति खलल पार्ने थियो। ‘पटाखामा प्रयोग हुने विस्फोटक पदार्थ विस्फोटमा प्रयोग गरिएको थियो,’ स्रोतले एएनआईलाई बताएको छ ।
यद्यपि घटनामा कुनै मानवीय क्षति भने भएको छैन । श्री गुरु राम दास निवास सबैभन्दा पुरानो ‘सराईु’ (लज) हो। प्रहरी र फरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया