भारतको अमृतसरमा विस्फोट : पाँच पक्राउ

पञ्जाब । बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै भएको विस्फोटमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको छ।
ट्विटरमा पञ्जाबका प्रहरी महानिदेशक (डीजीपी) गौरव यादवले घटनामा संलग्न पाँच जनालाई गिरफ्तार गरेर मुद्दा चलाएको बताएका छन् । उनले विस्फोटका बारेमा पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत जानकारी सार्वजनिक गरिने बताएका छन् ।
बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै विस्फोट भएको आवाज सुनिएको थियो । यो एक हप्तामा वरपर चकित पार्ने तेस्रो विस्फोट थियो।
पञ्जाब प्रहरी स्रोतका अनुसार विष्फोटको उद्देश्य शान्ति खलल पार्ने थियो। ‘पटाखामा प्रयोग हुने विस्फोटक पदार्थ विस्फोटमा प्रयोग गरिएको थियो,’ स्रोतले एएनआईलाई बताएको छ ।
यद्यपि घटनामा कुनै मानवीय क्षति भने भएको छैन । श्री गुरु राम दास निवास सबैभन्दा पुरानो ‘सराईु’ (लज) हो। प्रहरी र फरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया