सामसङ ग्यालेक्सी ए२४ बजारमा, यस्ताे छ मूल्य
काठमाडौं । सामसङले ए-सिरिजमा एक नयाँ अद्भुत फोनको संस्करण थप गरेको छ । सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ पेश गरेको छ । जुन ओक्टा–कोर प्रोसेसर जडित हुनको साथै अधिक अद्भुत गुणहरुले भरपूर रहेको कम्पनीले दाबी गरेको छ ।
कम्पनीका अनुसार यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ । मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबिवा ८ जिबि -यामका साथ काम गर्छ । यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ ।
ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपिम्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपिसेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ ।
साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारसहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ । बजारमा उपलब्ध भएको नयाँ ग्यालेक्सी ए२४ एलटिइ खरीद गरेर पूर्णतः नयाँ मोबाइलको अद्भुत अनुभव संगाल्न गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
उक्त फोनको मूल्य ६ + १२८ जिबिको ग्यालेक्सी ए२४ को मुल्य २८ हजार ९९९ रुपैयाँ रहेको छ भने ८+ १२८ जिबिको मोबाइल ३१ हजार ९९९ रुपैयाँ रहेको छ । यो एउटा त्यस्तो स्मार्टफोन हो जुन अद्भुत बनावट र विशेषताहरु युक्त छ र यो केही अद्वितीय पलहरुको सिर्जना गर्नका लागि पनि बनेका एक उपयुक्त उपकरण भएको कम्पनीको दाबी छ ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया