NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनको सम्बन्ध विच्छेद

एजेन्सी । फिनल्याण्डकी निवर्तमान प्रधानमन्त्री सन्ना मरिन र मारकुस राइक्कोनेनको सम्बन्ध विच्छेद भएको छ ।

विगत १९ वर्षदेखि सँगै रहेका उनीहरूको एकजना पाँच वर्षिया छोरी छिन् । ‘१९ वर्षसम्मको सहकार्य र प्यारी छोरीको लागि आभारी छौं,’ दुवैले इन्स्टाग्राममा उक्त सन्देश साझा गरेका छन् ।

लामो समयको प्रेम सम्बन्धपछि उनीहरू द्वयले सन् २०२० मा विवाह गरेका थिए ।

एक महिनाअघि मरिन र उनी आबद्ध रहेको सोसल डेमोक्रेटिक पार्टीले संसदीय चुनावमा हारेको थियो । सन् २०१९ मा ३७ वर्षकै उमेरमा प्रधानमन्त्री भएकी मरिन निकै चर्चामा आएकी थिइन् ।