शताब्दी पुरुष जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थमा महालक्ष्मी विकास बैंकको सहयोग
काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकास प्रतिको चाहानालाई सम्मान गर्न उनीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थ सहयोग प्रदान गरेको छ ।
भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न र स्वर्गीय जोशीले पु-याएको योगदानको कदर गर्न तथा उनको जीवनकालमा राखेको चाहानालाई मुर्त रुप प्रदान गर्न पुस्तक प्रकाशानर्थ आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।
लोक कथा तथा लोकगित संकलन गर्ने, लोक साहित्य संस्कृति तथा कलासम्बन्धी अध्ययन अनुसन्धान गरि पुस्तक प्रकाशन गर्ने जस्ता कार्यमा सक्रिय प्राज्ञिक तथा साहित्यिक संस्था लोकसाहित्य परिषद् बखुंबहाल, ललितपुरको अगुवाइमा वांगमय शताब्दी पुरुष सत्यमोहन जोशीद्धारा रचित पुस्तक चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) शताब्दी पुरुष सत्यमोहन जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा एक समारोहकोबीच लोर्कापण भएको थियो ।
आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया