ट्र्याक्टर दुर्घटनामा एक मजदुरको मृत्यु
रोल्पा । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गएराति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मजदुरको प्राथमिक स्वास्थ्यचौकी सुलीचौरमा उपचार भइरहको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया