आरजु लङ्ग्रेन चामल बजारमा, प्रतिकेजी कति ?
काठमाडौं । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको राइस मिलले उत्पादन गरेको आरजु राइसमिलको चामल बिहीवारदेखि बजारमा ल्याएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राइस मिलले उत्पादन गरको लङ्ग्रेनका चामल सार्वजनिक गरेको हो । मिलका सञ्चालक बस्नेतले किसानले उत्पादन गरेको धानको न्यूनतम मूल्य तोकी धान प्राप्त भएको दुई दिनमा नै रकम भुक्तानी गर्ने बताए ।
किसान र उपभोक्ताबीचको दूरी नजिक बनाउनको लागि राइस मिलले काम गरेको उनले बताए । उनले विगत २ दशकदेखि खेती किसानलाइ सहयोग गर्दै आएको बताए । राइस मिलमा निफन्नेदेखि,सुकाई र भण्डारसम्म रहेको उनको भनाइ छ ।
मिलले दुई सिजनमा १० करोड रुपैयाँसम्म किसानलाई भुक्तानी गरेको बताए । अहिले ४ हजार विघाका किसानहरु आवद्ध भएको र अझ बढ्ने क्रम रहेको उनको भनाइ छ ।
मिलले नेपाली किसान भन्दा अन्य किसानको धान खरिद नगर्ने बस्नेतले बताए । अबको खेतीकिसानी निर्वाहमुखी नभएर व्यवसायिकरण र आम्दानीमुखी बनाउन मिलले योगदान गर्ने उनले बताए । नेपालमा उत्पादन भएको उत्कृष्ट लामो रामधानलाई प्रशोधन गरेर लङ्ग्रेन चामल बजारमा ल्याएको बस्नेतले बताए ।
उनका अनुसार आरजु लङग्रेन चामल काठमाडौं लगायतका बजारमा प्रतिकेजी १३० रुपैयाँ पर्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै


प्रतिक्रिया