घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । निरन्तर उकालो लागेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य ८ सय रूपैयाँ घटेर एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार तेजावी सुन प्रतितोला १ लाख १० हजार २५० रूपैयाँ तोकिएको छ । त्यस्तै शुक्रबार चाँदी ५५ रूपैयाँले घटेको छ ।
महासंघका अनुसार शुक्रबार चाँदी एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार ४३० रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया