जेठ १ गतेदेखि मेलम्ची बन्द, आजैबाट पानी भण्डारण गर्न अनुरोध
काठमाडौं । आगामी जेठ १ गतेदेखि मेलम्ची खानेपानी बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आज विज्ञप्ती जारी गर्दै यो जानकारी गराएको हो ।
समितिका अनुसार सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानीको मुहान र टनेल मर्मतसम्भारको प्राविधिक काम सुरू हुन लागेकाले खानेपानी वितरण बन्द हुने जनाइएको छ ।
सो दिनदेखि पानी आउन बन्द हुने भएकाले समितिले उपभोक्ताहरूलाई आजैदेखि पानी भण्डारण गर्न अनुरोध गरेको छ ।
विसं २०७८ मा आएको भेलबाढीले क्षतिग्रस्त हेडवक्र्सलगायतका संरचना पूर्ण रूपमा मर्मत भइसकेको छैन ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया