NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सुनचाँदीको मूल्य स्थिर

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुन शुक्रबारकै मूल्य एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजावी सुन शुक्रबारकै मूल्य प्रतितोला १ लाख १० हजार २५० रूपैयाँ नै तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्यसमेत स्थिर छ । महासंघका अनुसार आइतबार चाँदी शुक्रबारकै मूल्य एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।