मोदी इनर्जीको आइपीओ बाँडफाँट, ५ लाख ६१ हजारले पाए १० कित्ता सेयर

काठमाडौं । मोदी इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइपीओ कम्पनीको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो ।
बिक्री प्रबन्धक क्यापिटलका अनुसार ५ लाख ६१ हजार २२६ आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन् । त्यस्तै ६ लाख ६८ हजारको हात खाली भएको छ ।
कम्पनीको आइपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि आवेदन दिएका थिए । यसमध्ये ६ हजार ५२८ आवेदकको आवेद रद्द भएको छ भने १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो ।
कम्पनीले बैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया