NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

टर्कीको राष्ट्रपतीय चुनावमा एर्दोगानको लिड तर पार्टीको प्रदर्शन खराब

काठमाडौं । टर्कीमा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । गणनामा वर्तमान राष्ट्रपति रेसेप तैयप अर्दोनले अग्रता लिएका छन् ।

त्यहाँको सर्वोच्च निर्वाचन परिषद्ले राष्ट्रपतीय निर्वाचनको जारी मतगणनाको परिणाम सार्वजनिक गर्दै अर्दोआनले ४९.४९ प्रतिशत मत प्राप्त गरेको जनाएको छ । उनका प्रतिद्वन्द्वी कमल कल्चदारलु ४४.७९ प्रतिशत मतका साथ दोस्रो स्थानमा छन् ।

निर्वाचन परिषद्का अनुसार राष्ट्रपति निर्वाचनमा ९१.९३ प्रतिशत मत गणना भइसकेको छ ।

राष्ट्रपति निर्वाचनमा अग्रता लिए पनि संसदीय सिटका लागि भएको निर्वाचनमा अर्दोआनको पार्टी एकेपीको प्रदर्शन कमजोर देखिएको छ । यो पार्टीले मात्रै ३५ प्रतिशत मत पाएको छ ।

आधिकारिक समाचार एजेन्सी एएका अनुसार यस निर्वाचनमा परेको ९६ प्रतिशत मतगणना भइसकेको छ ।

संसदको ६ सय सिटका लागि मतदान भएको थियो । सन् २००२ पछि यो पार्टीको सबैभन्दा खराब प्रदर्शन हो।

आजको नतिजापछि अर्दोनको पार्टीले २६७ सिट पाउने अनुमान गरिएको छ ।

यो पछिल्लो पटक सुरक्षित सिट भन्दा २८ कम हो । तर अन्य तीन दलसँगको गठबन्धनबाट अर्दोनको पार्टीले बहुमतका लागि आवश्यक ५६ सिट प्राप्त गर्न सक्नेछ ।

अर्थात् पार्टीले ३२३ सिट पाउन सक्छ । सन् २०१८ को निर्वाचनमा उनको दलले ३४४ सिटमा जित हासिल गरेको थियो ।