NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं। सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख ११ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनचाँदीको मूल्य स्थिर रही प्रतितोला एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुन प्रतितोला एक लाद १० हजार ४५० रूपैयाँ कायम भएको छ । त्यस्तै आज पनि चाँदी स्थिर छ । महासंघका अनुसार सोमबार चाँदी आइतबारकै मूल्य एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।