रुटिन अफ नेपाल बन्द पुरुषतर्फका विजयी क्लाउड फ्याक्ट्रि महिला विजेता
काठमाडौं । आईटी/टेक/डिजिटल फुटसल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । उक्त प्रतियोगितमा ३२ वटा कम्पनीहरूको सहभागिता थियो ।
धन्यन्तरी फुटसल, हडिगाउँमा आयोजना भएको प्रतियोगितामा केही उत्कृष्ट कर्पोरेट टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।पुरुषतर्फको फाइनलमा आइएमई ग्रुपविरुद्धको फाइनलमा रुटिन अफ नेपाल बन्द (RONB ) विजयी भएको हो । क्लाउड फ्याक्ट्रीले प्रतियोगिताभर आफ्नो असाधारण सीप र टिमवर्क देखाएर महिला उपाधि जितेको हो ।
यो कार्यक्रम फुट-टेक फुटसलको पहिलो संस्करण थियो ।
‘फुट-टेक फुटसल २०२३ को सफलताबाट हामी हर्षित छौं र विजेता टोलीहरूलाई बधाई दिन चाहन्छौं,’ कार्यक्रममा आयोजक लेट्स प्ले स्पोर्टस्का नरेश खनालले भने। ‘यो प्रतियोगिताले IT/Tech/Digital कम्पनीहरूलाई एकअर्कासँग सञ्जाल कायम राख्दै स्वस्थ र सक्रिय जीवनशैली प्रवर्द्धन गर्दै आफ्नो सीपहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्यो। हामी अर्को वर्ष फेरि कार्यक्रम आयोजना गर्न र यसलाई अझ ठूलो र राम्रो बनाउन तत्पर छौं।’
यो कार्यक्रम ‘म सतर्क छु’ अभियानको एक पाटो थियो, जसको उद्देश्य डिजिटल साक्षरता र इन्टरनेट सुरक्षाको बारेमा आम जनतामा चेतना जगाउने हो। फुट-टेक फुटसल २०२३ खेलकुदमा प्रविधिको शक्ति प्रदर्शन गर्ने र डिजिटल साक्षरताको महत्त्वबारे चेतना जगाउने उत्कृष्ट अवसर भएको आयोजकले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया