३ अर्ब रूपैयाँ अनुदान रकम नपाएपछि कृषि बीमा बन्द गर्दै कम्पनीहरू
काठमाडाैं । सरकारले झण्डै तीन अर्ब रुपैयाँ अनुदान रकम भुक्तानी नगरेपछि नीर्जीवन बीमा कम्पनीहरूले कृषि बीमा बन्द गर्ने भएका छन् ।
निर्जीवन बीमा कम्पनीहरूको संस्था नेपाल बीमक संघले प्रेस विज्ञप्ती जारी गर्दै जेठ ७ गतेदेखि कृषि बीमालेख जारी गर्ने र बीमालेख अन्तर्गतको दाबी भुक्तानी दिने कार्य बन्द गरिने घोपणा गरेका हुन् ।
संघका अनुसार सरकारले २०७७ देखि बीमा कम्पनीहरूलाई कृषि बीमाबापतको रकम भुक्तानी गर्न बाँकी छ । २०७८ देखि बाली बीमा र पशुपन्छी बीमाको अनुदान रकम भुक्तानी नगरेको संघले जनाएको छ ।
बाली तथा पशुपालन व्यावसायमा भएका जोखिम तथा अनिश्चितता कम गरी कृषकहरुलाई कृषि व्यवसायतर्फ उन्मुख गर्न र कृषि क्षेत्रमा निजी, सरकारी तथा वित्तीय संस्थाहरुको लगानी बढाउन र लगानी सुरक्षित गर्न भन्दै सरकारले कृषि बीमा कार्यक्रम सुरू गरेको थियो । सरकारले कृषि मन्त्रालयको नेतृत्वमा ०६९ माघ १ गतेदेखि औपाचारिक रूपमा कृषि बीमा कार्यक्रम सुरू गरेको हो ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया