भ्रष्टचारीका तीन पुस्ते सम्पत्ति जफत गरी सर्वोश्वहरण गर्ने कानुन बनाउँ : शाही
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीको तीन पुस्ते सम्पत्ति जफत गरी सर्वोश्वहरण गर्ने कानुन बनाउनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारीलाई बचाउन पाँच वर्षे हदम्यादसहित विधेयक सरकारले अगाडि बढाएकोमा असन्तुष्टी जनाए ।
भ्रष्टाचारविरूद्धको सडक आन्दोलनमासमेत आरोपिहरू नै संलग्नता रहेको भन्दै शाहीले आपक्ति जनाए । ‘भ्रष्टाचार निर्मूल अन्त्य गर्ने हो भने म चुनौती दिन्छु । अहिलेसम्मका सबै काण्ड छानविन गरौं । तीनीहरूको तीन पुस्ते सम्पत्ति जफत गरी सर्वोश्वहरण गर्ने कानुन बनाऔं’, उनले भने, ‘सडकमा बोलेर मात्र हुँदैन । कानुन बनाउने ठाउँ संसद हो । त्यस्तो कानुन बनाउन सबै तयार हुनुहुन्छ ?’
भ्रष्टाचारसम्बन्धी सरकारको काम तँ रोए जस्तो गर म कराए जस्तो गर्छु भने जस्तै भएको उनले टिप्पणी गरे ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया