NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

भ्रष्टचारीका तीन पुस्ते सम्पत्ति जफत गरी सर्वोश्वहरण गर्ने कानुन बनाउँ : शाही

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीको तीन पुस्ते सम्पत्ति जफत गरी सर्वोश्वहरण गर्ने कानुन बनाउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारीलाई बचाउन पाँच वर्षे हदम्यादसहित विधेयक सरकारले अगाडि बढाएकोमा असन्तुष्टी जनाए ।

भ्रष्टाचारविरूद्धको सडक आन्दोलनमासमेत आरोपिहरू नै संलग्नता रहेको भन्दै शाहीले आपक्ति जनाए । ‘भ्रष्टाचार निर्मूल अन्त्य गर्ने हो भने म चुनौती दिन्छु । अहिलेसम्मका सबै काण्ड छानविन गरौं । तीनीहरूको तीन पुस्ते सम्पत्ति जफत गरी सर्वोश्वहरण गर्ने कानुन बनाऔं’, उनले भने, ‘सडकमा बोलेर मात्र हुँदैन । कानुन बनाउने ठाउँ संसद हो । त्यस्तो कानुन बनाउन सबै तयार हुनुहुन्छ ?’

भ्रष्टाचारसम्बन्धी सरकारको काम तँ रोए जस्तो गर म कराए जस्तो गर्छु भने जस्तै भएको उनले टिप्पणी गरे ।