NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सेयर बजार निरन्तर ओरालो यात्रामा, एनआइसी एशियासहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । नेप्से घट्ने क्रम जारी छ । आज नेपाल ३.३४ अंकले घटेर  १८१८.३१ विन्दुमा कायम भएको हो ।

आज नेप्से घटेसँगै कारोबार रकमसमेत घटेको छ । आज दुई सय ६६ वटा कम्पनीको २० हजार १५८ पटक कारोबारमा २३ लाख ४१ हजार २४० कित्ता सेयर खरिदबिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार रूपैयाँको कारोबार भएको छ ।

सोमबार विकास बैंक, वित्त, उत्पादन र माइक्रोफाइनान्सबाहेकका उपसमूह घटेका छन् । विकास बैंक ०.३१, वित्त ०.०७, उत्पादन ०.५२ र माइक्रोफाइनान्स ०.३४ प्रतिशतले बढेको छ ।

घटेका उपसमूहरूमा बैंकिङ ०.३१, होटल तथा पर्यटन ०.४९, जलविद्युत ०.२४, लगानी ०.०९, जीवन बीमा ०.०९, म्युचल फण्ड ०.३८, नीर्जीवन ०.६२, अन्य ०.५६ र व्यापार ०.६५ प्रतिशतले घटेको छ।

आज एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक ९.८८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक ५.४५ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमको आधारमा सबैभन्दा धेरै एनआइसी एशियाको सर्वाधिक ३ करोड ४ लाख ६७ हजार ४६९ रूपैयाँको कारोबार भयो । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख ७५ हजार रूपैयाँको कारोबार भयो ।

त्यस्तै सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको २ करोड ४३ लाख ५८ हजार, प्रभु बैंक २ करोड २८ लाख ४२ हजार र शिभम् सिमेन्टको २ करोड १९ लाख २८ हजार रूपैयाँको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको एक लाख ३९ हजार छ सय ३० कित्ता शेयर किनबेच भएको छ ।