पेटमा जलन भएमा के खाने ?
एजेन्सी । खानामा असन्तुलन हुँदा पेटमा जलन हुने, अपज हुने अमिलो पानी आउने जस्ता समस्या अत्यधिक देखिन्छ । यसको मुख्य कारण पेटमा एसिड जम्मा हुनु हो ।
पेटमा एसिड जम्मा हुँदा यसले पेट सम्बन्धी समस्या निम्याउँछ । यसले गर्दा खाना खान मन लाग्दैन र ग्यासिट्रक हुने सम्भावना पनि बढेर जान्छ । त्यसैले यस्तो समस्या हुँदा घरको भान्सामा उपलब्ध भएका प्राकृतिक जडिबुटी खान सकिन्छ ।
के खाने ?
सुप
सुप पेटको लागि प्रभावकारी मानिन्छ । यसले पेटमा जलन हुने समस्यालाई शान्त पार्छ । सुपको खाएपछि शरीरमा चिसो हुने भएकाले यसले एसिडिको समस्याबाट टाढा राख्छ । नियमित सुप खाँदा पेटसम्बन्धी सबै समस्याबाट राहत मिल्छ ।
अलैंची
अलैंची पनि पेटको लागि फाइदाजनक हुन्छ । यसले एसिडलाई कम गरी पेटमा जलनको समस्या हटाउँछ । पेट दुख्ने समस्या भएकाहरुको लागि पनि यो लाभदायिक छ ।
पुदिना
पुदिना आयुर्वेदमा अत्यधिक उपभोग हुने जडिबुटी हो । यसमा हुने एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट, एन्टि इन्फ्लेमेटरी गुण सम्पूर्ण शरीरका लागि नै प्रभावकारी छ । यसको नियमित सेवनले पेटको जलनमात्र नभई पेटसम्बन्धी सबै समस्याबाट टाढा रहन सकिन्छ । यसले पेटमा शीतलता प्रदान गर्छ ।
तुलसी
खाली पेटमा तुलसीको पात चपाउँदा पेटमा एसिडको समस्या हट्छ । यसले पेट दुखाइ, जलन कम गर्न सक्छ। यसमा शरीरलाई शीतल दिने तत्व हुन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया