NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रिय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सोमबार सूचना प्रकाशित गर्दै ५ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो ।

बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८.५ अर्ब रूपैयाँ र १.०५ अर्ब रूपैयाँ अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने जनाएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ ।

खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउने छन् ।