हेलमेट नलगाएका कारण अमिताभ र अनुष्कालाई ट्राफिकको कारवाही
एजेन्सी । ट्राफिक जामबाट बच्न अमिताभ बच्चन र अनुष्का शर्माले सोमबार आफूले चढिरहेको कार छोडेर मोटरसाइकलमा लिफ्ट लिए ।
दुवैको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । मोटरसाइकल चढ्दा हेलमेट नलगाएको भनेर मुम्बई प्रहरीले उनीहरू दुवैलाई कारवाही गर्ने भएको छ ।
अमिताभले सोमबार सामाजिक सञ्जालमा उक्त तस्विर सेयर गरेका छन् । जसमा उनले लिफ्ट दिने व्यक्तिलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुवै स्टारविरुद्ध हेलमेट बिना बाइकमा बसेकोमा गुनासो गरेका थिए ।
त्यसपछि मुम्बई प्रहरीले प्रयोगकर्ताको ट्विटको जवाफ दिँदै ट्राफिक प्रहरी शाखासँग कुरा राखेको बताएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया