NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एकल अंकले बढ्यो नेप्से, एनआइसी एशियासहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । निरन्तर घटिरहेको सेयरबजारमा मंगलबार झिनो अंकको करेक्सन देखिएको छ । आज नेप्से ३.२९ अंकले बढेर  १८२१.६० विन्दुमा कायम भएको हो ।

आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आज दुई सय ६९ वटा कम्पनीको १८ हजार ८८९ पटक कारोबारमा २० लाख ६३ हजार ७३७ कित्ता सेयर खरिदबिक्री हुँदा ६४ करोड एक लाख १७ हजार रूपैयाँको कारोबार भएको छ ।

मंगलबार बैंकिङ र अन्यबाहकेकका उपसमूह बढेका छन् । बैंकिङ ०.०९ र अन्य ०.८९ प्रतिशतले घटेको छ ।

बढेका उपसमूहरूमा विकास बैक ०.०५, वित्त ०.३२, होटल तथा पर्यटन ०.६७, जलविद्युत ०.६५, लगानी ०.३०, जीवन बीमा ०.१५, उत्पादन ०.१२, माइक्रोफाइनान्स ०.८१, म्युचल ०.२२, नीर्जीवन ०.९९ व्यापार ०.१५ प्रतिशतले बढेको छ ।

आज आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै मायाँखोला हाइड्रोपावर ५.७०, हिमालय उर्जा विकासका लगानीकर्ताले ५.३५ प्रतिशतका दरले कमाएका छन् ।

मे खोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमको आधारमा सबैभन्दा धेरै एनआइसी एशियाको सर्वाधिक ५ करोड एक लाख ४६ हजार ३६१ रूपैयाँको कारोबार भयो । दोस्रोमा शिभम् सिमेन्टको २ करोड ८८ लाख ९२ हजार रूपैयाँको कारोबार भयो ।

त्यस्तै नबिलको २ करोड १६ लाख ८५ हजार, नेपाल इन्स्योरेन्स कम्पनी एक करोड ६७ लाख एक हजार र हिमालय बैंकको एक करोड ६४ लाख ३४ हजार रूपैयाँको कारोबार भयो ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालय बैंकको ७६ हजार ८१ कित्ता शेयर किनबेच भएको छ ।