NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रेशम चौधरीलाई झड्का : जन्मकैदलाई सदर गर्ने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई यसअघिको जन्मकैदको सजायलाई नै निरन्तरता दिने फैसला गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले उच्च अदालत दिपायलको फैसला नै सदर गरेको हो ।

उनी २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीसहित ८ जनाको हत्याका मुख्य आरोपित थिए ।

चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले सुनाएको जन्मकैदको फैसलालाई नै सर्वोच्चले सदर गरेपछि चौधरीले पुरै कैद भुक्तानि गर्नुपर्ने भएको छ ।