एकैदिन सुनको मूल्य ११०० रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य बुधबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबा सुनको मूल्य प्रतितोला एक हजार एक सय रूपैयाँले घटेर एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य एक लाख ११ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ५०० रूपैयाँ कायम भएको छ । त्यस्तै बुधबार चाँदी ५ रूपैयाँ घटेर एक हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया