बालकृष्णलाई बोक्दा कांग्रेस डुब्छ, तत्काल निलम्बन गरौं : कोइराला
काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल निलम्बन पर्ने बताएका छन् ।
पक्राउ परेपछि खाँणलाई निलम्बन गर्ने/नगर्ने विषयमा पार्टीभित्र मतभेद भएको बेला गम्भीर आरोप लागेका व्यक्तिलाई ढाकछोप गर्न नहुने बताएका हुन् ।
कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन कमजोर बनाउने प्रयास भइरहेको आशंका गरेका छन् ।
‘यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ भनेर अहिले म भन्न सक्दिनँ’, उनले भने, ‘कांग्रेसमात्रै होइन देशकै अवस्था नाजुक भएर जान्छ । यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसक्यो । बालकृष्ण खाँणजीलाई निलम्बन गरौं ।’
देशको नागरिकलाई अनागरिक बनाएर बेचविखन गर्ने काम सार्वभौमसत्तामाथि नै प्रहार गरेको उनले बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया