हेलमेट नलगाएपछि अनुष्काका बडिगार्डलाई दश हजार जरिवाना
एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माका बढिगार्ड सोनु शैखले हेलमेट नलगाएका कारण जरिवाना तिर्नुपरेको छ ।
बलिउड सञ्चारमाध्यमले जनाएअनुसार ट्राफिक प्रहरीले उनलाई दश हजार ५०० रूपैयाँ जरिवाना तिराएको छ ।
केही दिनअघिमात्रै सुटिङ स्पटमा जाने क्रममा ट्राफिक जाममा परेपछि उनी र शेख मोटरसाइकलमा निस्किए ।
हेलमेटबिनै मोटसाइकलमा सवार गरेपछि उनीहरूको फोटो समाजिक सञ्जालमा भाइरल भयो । फोटो भाइरलमात्रै भएन सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतीय प्रहरीको पनि ध्यान खिच्न मद्दत गरे ।
ट्राफिक नियम उल्लंघन गरेको भन्दै विरोध भएपछि शेख कारवाहीमा परेका छन् ।
अर्का अभिनेता अमिताभ बच्चन पनि हेलमेट बिना मोटरसाइकल चढेपछि विरोध भएको थियो । ट्राफिक प्रहरीले उनलाई पनि कारवाही गर्ने बताएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया