NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

हेलमेट नलगाएपछि अनुष्काका बडिगार्डलाई दश हजार जरिवाना

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माका बढिगार्ड सोनु शैखले हेलमेट नलगाएका कारण जरिवाना तिर्नुपरेको छ ।

बलिउड सञ्चारमाध्यमले जनाएअनुसार ट्राफिक प्रहरीले उनलाई दश हजार ५०० रूपैयाँ जरिवाना तिराएको छ ।

केही दिनअघिमात्रै सुटिङ स्पटमा जाने क्रममा ट्राफिक जाममा परेपछि उनी र शेख मोटरसाइकलमा निस्किए ।

हेलमेटबिनै मोटसाइकलमा सवार गरेपछि उनीहरूको फोटो समाजिक सञ्जालमा भाइरल भयो । फोटो भाइरलमात्रै भएन सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतीय प्रहरीको पनि ध्यान खिच्न मद्दत गरे ।

ट्राफिक नियम उल्लंघन गरेको भन्दै विरोध भएपछि शेख कारवाहीमा परेका छन् ।

अर्का अभिनेता अमिताभ बच्चन पनि हेलमेट बिना मोटरसाइकल चढेपछि विरोध भएको थियो । ट्राफिक प्रहरीले उनलाई पनि कारवाही गर्ने बताएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष