विराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसनको सहकार्यमा २२ सय जनाको नि:शुल्क आँखा परीक्षण
काठमाडौं । नेपाल नेत्रज्योति संघ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगन्ज गाँउपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगन्ज गाँउपालिकामा दुई दिने नि:शुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमा २ हजार १९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट रक्षा पन्तले बुधबारसम्ममा १५४ जना बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामीहरुको पनि निशुल्क शल्यक्रिया गरिने जानकारी दिइन् ।
जेठ १ र २ गते देवानगन्ज गाँउपालिकामा चलेको उक्त शिविरमार्फत दृष्टिदोष भएका ९ सय १९ जना बिरामीहरुलाई नि शुल्क चस्मासमेत वितरण गरिएको छ ।
शिविरमा मोतिबिन्दु देखिएका बिरामीहरुलाई विराटनगर आँखा अस्पतालमा ल्याई नि: शुल्क शल्यक्रिया गरिएको थियो । आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीहरूले आफ्नो घर आँगनमै नि:शुल्क आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीहरूलाई धन्यवादसमेत दिएका थिए।
अस्पतालका प्रबन्धक कुमार पृथुका अनुसार शिविरले सुनसरी जिल्लासहितका छिमेकि जिल्लाका साथै सिमा क्षेत्रका भारतका नागरिकहरुसमेत लाभान्वित भएका छन् । विराटनगर आँखा अस्पतालका नेत्र रोग बिशेषज्ञ डा. सुमित मिश्र र प्रिति अग्रवालको नेतृत्वको टोलिले शिविरमा सेवा प्रवाह गरेको थियो ।
नेपाल नेत्रज्योति संघ पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत हाल २ वटा आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।सन् २०२२ मा पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत संचालित अस्पताल, आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रम मार्फत १२ लाख १३ हजार ३२६ जनाको आँखा जाँच गरि १ लाख ३१ हजार ८४६ जनाको शल्यक्रिया गरिएको थियो ।
स्थापनाकालदेखि सन् २०२२ सम्ममा संस्थाले १ करोड २४ लाख ३० हजार ४७६ जनाको आँखा परीक्षण गरी २० लाख ९४ हजार १५ जनाको शल्यक्रिया गरेकाे जनाएकाे छ।
सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण गर्ने नेपाल सरकारको योजनालाई सफल बनाउने गरी आफ्नो सेवालाई बिस्तार गरिरहेको पुवाञ्चल आँखा उपचार कार्यक्रमका प्रमुख प्रशासक सुधिर ठाकुरले बताए ।
नेत्रज्योति संघका केन्द्रिय बिराटनगर आँखा अस्पताल व्यबस्थापन समितीका अध्यक्ष पद्मनारायण चौधरीले नेपाल नेत्रज्योति संघले सन् २०३० सम्ममा नेपालका हरेक स्थानिय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोहि अनुरुप अहिले काम चलिरहेकाे जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया