NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

दोहोरो अंकले बढ्यो नेप्से, नेपाल टेलिकमसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६४ वटा कम्पनीको ३२ हजार ५७९ पटक कारोबारमा ४४ लाख २२ हजार १८६ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन ३.७५ प्रतिशतले बढेको छ । बैंकिङ समूह १.१०, विकास बैंक २.५५, वित्त २.१७, जलविद्युत् २.८२, लगानी समूह १.८८, जीवन बीमा २.०९, उत्पादन तथा प्रशोधन ०.९६, लघुवित्त २.२४, म्युचुअल फन्ड १.२३, अन्य ०.९० र  व्यापार ३.७१ प्रतिशतले बढेको छ ।

आत्मनिर्भर लघुवित्त र हिमालय उर्जा विकासको  शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले १० प्रतिशत दरले कमाएका छन् ।

सबैभन्दा धेरै गुमाउनेमा भने एनआइबिल ग्रोथ फण्ड ३.१४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार प्राधिकरणको सर्वाधिक ८ करोड ६३ लाख ४८ हजार ४३६ रूपैयाँको कारोबार भयो । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिभम् सिमेन्टको एक लाख ७३ हजार २०२ सेयर किनबेच भएको छ ।