दाङमा दुई बस आपसमा ठोक्किए, १ को मृत्यु, १२ गम्भीर घाइते
काठमाडौं । दाङको देउखुरीमा दुई बस आपसमा ठोक्किएर दुर्घटना भएको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने दुई दर्जन घाइते छन् ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा शुक्रबार बिहान ७ बजे ठोक्किएर दुर्घटना भएको हो ।
घटनामा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । बसमा सवार २३ जना भने घाइते छन् । यीमध्ये १२ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञापन प्रतिष्ठान, लमही अस्पतालमा उपचार भइरहेको छ । गम्भीर दुई जनालाई भने नेपालगञ्ज रेफर गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया