NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सुनको मूल्य निरन्तर ओरालो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य निरन्तर घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँ घटेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ कायम भएको छ । त्यस्तै बिहीबार स्थिर चाँदी शुक्रबार पनि स्थिर छ । महासंघकाअनुसार शुक्रबार चाँदी बिहीबारकै मूल्य एक हजार ३७० रूपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष