NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

४४ प्रतिशत जनसंख्या बीमाको दायरामा

काठमाडौं । नेपालको कुल जनसंख्याको ४४ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार म्याद, लघु म्यादी र वैदेशिक रोजगारी जीवनबीमालेखसहित ४४.५५ प्रतिशत पुगेको हो । गत वर्षको सोही अवधिमा ३७.३५ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो ।

बीमाको दायरमा आएको जनसंख्या म्यादी र लघु म्यादी जीवनबीमालेखसहित ३९.७४ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो ३४.५२ प्रतिशत थियो ।

बीमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवनबीमालेखबाहेक १७.४३ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो १५.०२ प्रतिशत थियो ।

चालु आवको चैत्रमसान्तसम्ममा कुल जीवन बीमालेखको संख्या २०.१४ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत्रसम्ममा कुल १ करोड ४१ लख ६५ हजार ९९८ वटा बीमालेख जारी भएको छ । गत वर्षको सोही अवधिकमा यस्तो बीमालेख १ करोड १७ लाख ९१ हजार ६९८ वटा जारी भएको थियो ।

त्यसैगरी चालु आवको चैत्रसम्ममा २१ लख ६६ हजार ३२८ वटा र्नीजीवन बीमालेख जारी भएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ०.४२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा २१ लख ७५ हजार ४१४ वटा नीर्जीवन बीमालेख जारी भएको थियो ।

तथ्यांकअनुसार वैदेशिक रोजगार बीमालेखको संख्या १४ लाख ५९ हजार ३१५ रहेको छ । त्यस्तै म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्या ७१ लाख ३४ हजार ६३१ छ भने म्यादी लघु म्यादी र वैदेशकि रोजगार जीवन बीमालेखबाहेकको संख्या ५५ लाख ७२ हजार छ ।

१ खर्ब ३४ अर्ब बीमा शुल्क संकलन

गत वर्षको तुलनामा चालु आवको चैत्र मसान्तसम्ममा जीवन बीमा तथा नीर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन २.६७ प्रतिशतले बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको चैत्र मसान्तसम्मा जीवन बीमा र र्नीजीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख बीमा शुल्क संकलन गरेका हुन् ।

चालु आवको चैत्रसम्ममा हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख बीमा शुल्क आर्जन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा २.१४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २ अर्ब ५४ करोड एक लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

त्यस्तै सोही अवधिमा नीर्जीवन बीमा कम्पनीले ३० अर्ब एक करोड ४८ लाख बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ४.५८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नीर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब ७० करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कार्यालय संख्या

चालु आवको चैत्रमसान्तसम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या गत आवको तुलनामा ५.४८ प्रतिशतले घटेको छ । चैत्र मसान्तसम्ममा बीमा कम्पनीहरुको संख्या ३ हजार १५४ रहेको छ । गत आवको सोही अवधिमा बीमा कम्पनीको संख्या ३ हजार ३३७ थियो ।

त्यस्तै बीमा कम्पनीको कर्मचारीको संख्या गत आवको तुलनामा ३.३२ प्रतिशतले घटेको छ । चालु आवको चैत्र मसान्तसम्ममा बीमा कम्पनीहरुको कर्मचारीको संख्या ११ हजार ४५३ छ । गत आवको सोही अवधिमा बीमा कम्पनीको कर्मचारीको संख्या ११ हजार ८४६ थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष