सनराइज बैंकद्वारा दुई स्थानमा प्रहरी बिट निर्माण
काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी बिट निर्माण गरेको छ । बैंकले सुदूरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाका लागि वडा कार्यालय र इलाका प्रहरीसँग समन्वय गरी १–१ थान प्रहरी बिट निर्माण गरेको जनाएको छ ।
३ र ४ जेठमा छुट्टा-छट्टै कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रवीनकुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेका छन् ।
चुरे गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म सिंह बिष्ट र चुरे गाउँपालिका-३ का वडा अध्यक्ष खगेन्द्र खडायतको उपस्थिति रहेको थियो ।
डडेल्धुराको कार्यक्रममा अमरगढी नगरपालिका-५ का वडा अध्यक्ष टंकबहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टको उपस्थितिमा प्रहरी बिट हस्तान्तरण भएको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया