अठार खानेपानी उद्योगमा १२ करोड लगानी
दाङ। दाङमा शुद्ध पिउने पानी बजारमा पुर्याउने उद्देश्यले १८ वटा खानेपानी उद्योग सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योगअन्तर्गत व्यवसायीले ११ करोड ९९ लाख ४७ हजार आठ सय ७२ लगानी गरी १८ खानेपानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
दाङमा सञ्चालित खानेपानी उद्योगमा चालु पुँजी दुई करोड ७६ लाख २० हजार रूपैयाँ एक सय रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विक्रम केसीले जानकारी दिए । उनका अनुसार उद्योगको स्थिर पुँजी रू नौ करोड २३ लाख २७ हजार सात सय २३ छ ।
आरोग्य मिनिरल वाटर एण्ड जुस उद्योग, राप्ती ड्रिङ्किङ वाटर उद्योग, राम्री ड्रिङ्किङ वाटर उद्योग, ओम ड्रिङ्किङ वाटर एण्ड जुस उद्योग, स्वर्गद्वारी ड्रिङ्किङ वाटर उद्योग, साङ्ग्रीला ड्रिङ्किङ वाटर एण्ड वेभरीज प्रालि, गौतम जल सेवा, श्री राइराम ड्रिङ्किङ वाटर उद्योग र लमही खानेपानी उद्योग गरेर ९/३ ‘क’ साना वर्गका पानी उद्योग रहेका कार्यालयले जनाएको छ ।
प्रशोधित खानेपानी उत्पादन गर्ने १२ उद्योग छन् । ड्रिङ्किङ वाटर तथा फ्लेवर ड्रिङ्क्स पानी उत्पादन गर्ने दुई, मिनरल वाटरसहित पिउने स्वच्छ पानी तथा जुस उत्पादन गर्ने एक/एक उद्योग छन् ।
डायनामिक वाटर एण्ड वेभरेज उद्योग १५/२ ‘ख’, एसएमबी ड्रिङकिङ वाटर एण्ड वेभरीज प्रालि, वाल्मीकि जल सेवा, हाइलेण्ड लोइङ इन्डिष्ट्रिज, गोरक्ष फुड एण्ड वेभरेज उद्योग १५÷२ ‘ख’, रारा प्रोसेसिङ प्रालि १५/२ ‘ग’ वर्ग, भद्रकाली ड्रिङ्किङ वाटर १५/२ ‘ज’ वर्गका रहेका अधिकृत केसीले जानकारी दिए । ‘जिल्लामा सञ्चालित पानी उद्योगमध्ये राम्री ड्रिङ्किङ वाटर र स्वर्गद्वारी विजनेस ग्रुपको वर्ग खुलेको छैन,’ उनले भने ।
अधिकांश उद्योगले भूमिगत पानी प्रशोधन गरेर बिक्री वितरण गर्ने गरेका अधिकृत केसीको भनाइ थियो । उनले भने, ‘जिल्लामा सञ्चालित अधिकांश खानेपानी उद्योगले भूमिगत पानी प्रशोधन गरेर जनतालाई बिक्री गर्ने गरेका छन् ।’
दाङसहित साविकको राप्ती क्षेत्रमा बढ्दो सहरीकरण तथा शिक्षाका कारण स्वास्थ्यका लागि शद्ध पिउने पानी आवश्यक पर्छ भन्ने चेतनाको विकास भएकाले जिल्लामा खानेपानीका उद्योगमा लगानी बढ्दै गएको अधिकृत केसीले बताए ।
उनले भने, ‘पछिल्लो समय मानिसमा शुद्ध पिउने पानी खानुपर्छ भन्ने ज्ञान भएको छ । जसले गर्दा पानीको व्यवसायसमेत राम्रो चल्ने गरेका छन् ।’ व्यवसायसँगै जनतालाई शुद्ध पिउने पानी पुर्याउने उद्देश्यले उद्योग स्थापना गरी सञ्चालन गरिएको व्यवसायीको भनाइ छ । जिल्लामा सञ्चालित अठार खानेपानी उद्योगमा स्थानीय एक सय ५० भन्दा बढी स्थानीयले रोजगारी पाएका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया