NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ बढेर एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँ कायम भएको छ ।

त्यस्तै लगातार तीन दिन स्थिर चाँदी आइतबार १५ रूपैयाँ बढेर एक हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।