सरकारले ट्रेजरी बिल्समार्फत ३४ अर्ब आन्तारिक ऋण उठाउँदै

काठमाडौं । सरकारले ट्रेजरी बिल्समार्फत ३४ अर्ब २० करोड रूपैयाँ बराबरको आन्तारिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गरिसक्नुपर्ने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ३४ अर्ब २० करोड रूपैयाँमध्ये २ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको छ ।
राष्ट्र बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन २०८० साल असार ५ गते परिपक्क हुने छ । ९१ दिनको लागि ४ अर्ब २३ रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० भाद्र ५ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि १२ अर्ब ४७ करोड रूपैयाँको जारी गर्न लागेको छ । जुन २०८० साल मंसिर ८ गते परिपक्क हुनेछ ।
३६४ दिनको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ जेठ ८ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया