सरकार प्रारम्भिक चरणमै असफल भयो : ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले मुलुक गम्भीर संकटमा पर्दासमेत वास्तविकता लुगाउन खोजेको आरोप लगाएका छन् ।
सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले उदेश्यहीन कार्यक्रमले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गरे ।
पछिल्लो आर्थिक सूचांकले मुलुक गम्भीर आर्थिक संकटमा परेको देखाउँदासमेत सरकार संवेदनशील हुन नसकेको ओलीको टिप्पणी छ । प्रधानमन्त्रीले राजश्व संकलन गर्नसमेत दातृ निकायसँग सहयोग मागेर प्रारम्भिक चरणमै सरकार असफल भएको उनले बताए ।
‘प्रधानमन्त्रीले कुटनीतिक नियोग र संसदलाई फरक-फरक तथ्यांक देखाएर ढाँटेको छ । एमाले सरकारलाई विस्तापित गरी कांग्रेस–माओवादी सरकार बनेपछि अर्थतन्त्र ध्वस्त भएको छ । के यही दिन देख्नका लागि वर्तमान सरकार बनेको हो ?’ उनले मुलुकको सर्वाङ्गिक विकासका लागि बृहत योजना ल्याउन नसकेको आरोप लगाए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया