NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

२१ कम्पनीका १९ अर्ब ८१ करोड करोडको आइपिओ पाइपलाइनमा, कुन कम्पनीको कति ?

काठमाडाैं । विभिन्न २१ कम्पनीका १९ अर्ब ८१ करोड २५ लाख ६९ हजार १६५ रुपैयाँ बराबरको ९ करोड ८६ लाख ३४ हजार ३० कित्ता आइपिओ नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा छन् ।

बोर्डको पाइपलाइनमा भएका २१ कम्पनीहरुमा

४ बीमा कम्पनी, ५ अन्य,  ३ उत्पादन तथा प्रशोधन, ८ हाइड्रोपावर,  लगानी एउटा गरी २१ कम्पनीको आइपिओ पाइपलाइनमा छन् ।

बीमा कम्पनी

बोर्डमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २ अर्ब ५४ करोड ४० लाख रूपैयाँको एक करोड २० लाख कित्ता सेयर पाइपलाइनमा छ । उक्त इन्स्योरेन्सले ०७९ चैत्र २ गते बोर्डमा निवेदन दिएका थिए । त्यस्तै सिटिजन्स लाइफ इन्स्योरेन्सको ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रूपैयाँ बराबरको एक करोड १२ लाख ५० हजार कित्ता सेयर पाइपलाइनमा छ ।

आइएमइ लाइफ इन्स्योरेन्स ३ अर्ब ३१ करोड २० लाख रूपैयाँको १२ लाख कित्ता र सन नेपाल लाइफ इन्स्योरेन्स २ अर्ब ४० करोड ५२ लाख ८० हजार रूपैयाँको ९६ लाख कित्ता सेयर बोर्डको पाइपलाइनमा छन् ।

अन्य

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि १४ करोडको १४ लाख कित्ता सेयर निष्काशन गर्दैछ । कम्पनीले आइपिओ निष्काशनको लागि ०७८ साल चैत्र २० बषते बोर्डमा आवेदन दिएका थिए । डिस मिडिया नेटवर्कको २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर पाइपलाइनमा छ । त्यस्तै ट्रेड टावर ११ करोड ५८ लाख ९८ हजार रूपैयाँको ११ लाख ५८ हजार ९८० कित्ता, एकर्ड फार्मेसी ७ करोड ६ लाख ९० हजार ९ सय रूपैयाँको ७ लाख ६ हजार ९०९ कित्ता र नेपाल वायर हाउजिङ १३ करोड ७५ लाख रूपैयाँको १३ लाख ७५ हजार रूपैयाँको आइपिओ पाइपलाइनमा छन् ।

उत्पादन तथा प्रशोधन

सोनापुर मिनरल्स एण्ड वेयल्सको ३ अर्ब २ करोड १५ लाख २२ हजार ६२२ रूपैयाँ बराबरको एक करोड २३ लाख २ सय कित्ता सेयर आइपिओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले ०७९ असोज ४ गते आइपिओ निष्काशनका लागि बोर्डमा निवेदन दिएका थिए । रिलायन्स स्पाइनिङ मिल्स लिमिटेडको ७ लाख ७० हजार ६४० कित्ता सेयर र सर्वोतम सिमेन्टको २४ लाख कित्ता सेयर निष्काशनको लागि बोर्डमा निवेदन परेको छ ।

हाइड्रोपावर

भिजन लुम्बिनी उर्जा ३८ करोड २५ लाख ३८ लाख २५ हजार कित्ता, अप्पर लोहरे हाइड्रोपावर २४ करोड ९८ लाख ४ लाख रूपैयाँको २४ लाख ९८ हजार ४९ कित्ता सेयर, मण्डु हाइड्रोपावर ३८ करोड ४५ लाख ४६ हजार ९५० रूपैयाँको १६ लाख ३६ हजार ३७० कित्ता सेयर निष्काशनको लागि बोर्डमा पाइपलाइनमा छन् । त्यसैगरी भगवती हाइड्रोपावर डेभलपमेन्ट १६ करोड ५८ लाख ९८ हजार ७९२ रूपैयाँको १४ लाख ३० हजार १६२ कित्ता, मनकामना इन्जिनियरिङ हाइड्रोपावर २८ करोड रूपैयाँको २८ लाख, मिड सोलु हाइड्रोपावर १४ करोड ९६ लाख ८० हजार रूपैयाँको १४ लाख ९६ हजार ८०० कित्ता, चिर्खा हाइड्रो पावर १२ करोड रूपैयाँको १२ लाख र माथिल्लो मैलुङ खोला हाइड्रोपावर २५ करोड रूपैयाँको २५ लाख कित्ता सेयर बोर्डको पाइपलाइनमा छन् ।

लगानी

हाथवे इन्भेष्टमेन्ट नेपाललले १४ करोड ६२ लाख ५० हजारस रूपैयाँको २९ लाख २५ हजार कित्ता सेयर निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ ।