एकल अंकले बढ्यो नेप्से, शिभम् सिमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से एकल अंकले बढेको छ । नेप्से परिसूचक ५ दशमलव ८८ अङ्कले बढेर एक हजार आठ सय ८३ दशमलव २० अङ्कमा कायम भएको हो ।
दुई सय ७३ वटा कम्पनीको ३४ हजार ३३१ पटक कारोबारमा ४८ लाख २८ हजार ७७६ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज आज चार उपसमूहबाहेकका उपसमूहको उपसूचक बढेको छ । विकास बैंक ०.२२, वित्त ०.१८, जलविद्युत ०.२८ र उत्पादन ०.६२ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरूमा बैंकिङ ०.०५, होटल तथा पर्यटन २.६४, लगानी ०.३४, जीवन बीमा ०.४०, माइक्रोफाइनान्स ०.५८, म्युचल फण्ड ०.१६, नीर्जीवन २.८०, अन्य ०.३२ र व्यापार २.०९ प्रतिशतले बढेको छ ।
आज राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक ६.५६ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारमा शिभम् सिमेन्टको सर्वाधिक ६ करोड १७ लाख ६५ हजार ४८० रूपैयाँको कारोबार भएको छ । दोस्रोमा राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख ९९ हजार रूपैयाँको कारोबार भयो । त्यस्तै तारागाउँ रिजेन्सी होटल चार करोड १ लाख ३३ हजार, सिटिजन्स इन्भेष्टमेन्ट फण्ड ३ करोड ७० लाख ९२ हजार र नेपाल दुरसञ्चार प्राधिकरणको ३ करोड ६४ लाख ९० हजार रूपैयाँको कारोबार भयो ।
कारोबार भएको सेयर संख्याको आधारमा हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक एक लाख ८७ हजार ८४९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया