NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एकल अंकले बढ्यो नेप्से, शिभम् सिमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से एकल अंकले बढेको छ । नेप्से परिसूचक ५ दशमलव ८८ अङ्कले बढेर एक हजार आठ सय ८३ दशमलव २० अङ्कमा कायम भएको हो ।

दुई सय ७३ वटा कम्पनीको ३४ हजार ३३१ पटक कारोबारमा ४८ लाख २८ हजार ७७६ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज आज चार उपसमूहबाहेकका उपसमूहको उपसूचक बढेको छ । विकास बैंक ०.२२, वित्त ०.१८, जलविद्युत ०.२८ र उत्पादन ०.६२ प्रतिशतले घटेको छ ।

बढेका उपसमूहरूमा बैंकिङ ०.०५, होटल तथा पर्यटन २.६४, लगानी ०.३४, जीवन बीमा ०.४०, माइक्रोफाइनान्स ०.५८, म्युचल फण्ड ०.१६, नीर्जीवन २.८०, अन्य ०.३२ र व्यापार २.०९ प्रतिशतले बढेको छ ।

आज राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक ६.५६ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमको आधारमा शिभम् सिमेन्टको सर्वाधिक ६ करोड १७ लाख ६५ हजार ४८० रूपैयाँको कारोबार भएको छ । दोस्रोमा राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख ९९ हजार रूपैयाँको कारोबार भयो । त्यस्तै तारागाउँ रिजेन्सी होटल चार करोड १ लाख ३३ हजार, सिटिजन्स इन्भेष्टमेन्ट फण्ड ३ करोड ७० लाख ९२ हजार र नेपाल दुरसञ्चार प्राधिकरणको ३ करोड ६४ लाख ९० हजार रूपैयाँको कारोबार भयो ।

कारोबार भएको सेयर संख्याको आधारमा हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक एक लाख ८७ हजार ८४९ कित्ता सेयर खरिदबिक्री भएको छ ।