मुसा आतंकपछि बुद्धले भन्यो – ब्यागेज राम्ररी प्याक गरेर ल्याउनू
काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले जहाजमा मुसा भेटिएको पुष्टि गर्दै यात्रुहरूलाई आफ्नो सामाना राम्ररी प्याक गरेर ल्याउन भनेको छ ।
शनिबार जहाजमा मुसाको आतंकपछि बुद्ध एयरले यात्रुहरूलाई आफ्नो ब्यागेज र लगेजलाई राम्ररी प्याक तथा बन्द गरेर ल्याउन सुझाएको छ हो ।
हिजो जनकपुरमा मुसा देखिएपछि रोकिएको जहाजको ट्रयापमा आज मुसा भेटिएको हो ।
मुसा भेटिएपछि जहाजलाई पूर्ण रूपमा चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिएर सजगता अपनाइएको पनि एयरलाइन्सले जनाएको छ । बुद्ध एयरका अनुसार प्रशिक्षक चालक र प्राविधिक टोलीले उक्त जहाजलाइए काठमाडौं ल्याएको छ ।
थप निरिक्षण गरेर जहाजमार्फत आज दिउँसैबाट व्यवसायिक उडान थालिने एयरलाइन्सले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया