मुसा आतंकपछि बुद्धले भन्यो – ब्यागेज राम्ररी प्याक गरेर ल्याउनू

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले जहाजमा मुसा भेटिएको पुष्टि गर्दै यात्रुहरूलाई आफ्नो सामाना राम्ररी प्याक गरेर ल्याउन भनेको छ ।
शनिबार जहाजमा मुसाको आतंकपछि बुद्ध एयरले यात्रुहरूलाई आफ्नो ब्यागेज र लगेजलाई राम्ररी प्याक तथा बन्द गरेर ल्याउन सुझाएको छ हो ।
हिजो जनकपुरमा मुसा देखिएपछि रोकिएको जहाजको ट्रयापमा आज मुसा भेटिएको हो ।
मुसा भेटिएपछि जहाजलाई पूर्ण रूपमा चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिएर सजगता अपनाइएको पनि एयरलाइन्सले जनाएको छ । बुद्ध एयरका अनुसार प्रशिक्षक चालक र प्राविधिक टोलीले उक्त जहाजलाइए काठमाडौं ल्याएको छ ।
थप निरिक्षण गरेर जहाजमार्फत आज दिउँसैबाट व्यवसायिक उडान थालिने एयरलाइन्सले जनाएको छ ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया