राष्ट्रिय सहकारी बैंकको वित्तीय विवरण सार्वजनिक, २७ प्रतिशत तरलता

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको वैशाख मसान्तको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरको वित्तिय विवरणअनुसार वैशाखमसान्तसम्ममा बैंकमा २७.०७ प्रतिशत तरलता रहेको छ ।
वैशाखसम्ममा बैंकमा १२ अर्ब ५९ करोड ८२ लाख ५८ हजार रूपैयाँ तरलता रकम रहेको छ । त्यस्तै हाल बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ३० लाख १६ हजार रुपैयाँ रहेको छ । यसैगरी बैंकको जगेडाकोषमा एक अर्ब ४ करोड ९९ लाख २६ हजार, कुल बचत ४६ अर्ब १६ करोड ६६ लाख, ऋण लगानी ३३ अर्ब ४२ करोड एक लाख रुपैयाँ रहेको छ ।
यस्तै कुल संस्थागत पुँजी १ अर्ब १३ करोड ७१ लाख ७६ हजार रहेको छ भने बैंकको विभिन्न कोषमा जम्मा भएको रकम ६८ करोड ९९ लाख ५३ हजार रूपैयाँ छ ।
वैशाख मसान्तसम्म बैंकको कुल सम्पति ५४ अर्ब १८ करोड १९ लाख ८१ हजार रूपैयाँ रहेको छ । बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ८७३ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ५२६ रहेको छ ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया