ओलीलाई पूर्वसचिवको प्रश्न: ५ वर्षपछि भ्रष्टाचार मुद्दा नलाग्ने प्रावधानको विधेयक आफ्नै पालामा पास गर्या होइन ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्दै जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानविन गरिनुपर्ने बताए ।
आफू र आफ्नो पार्टी भ्रष्टाचारको विरोधमा भएको बताउँदै आफैंमाथि छानविन गर्न सरकारलाई चुनौती पनि दिए ।
दुई घण्टा ९ मिनेटसम्म सम्बोधन गरेर फर्किएलगत्तै उनको अभिव्यक्तिमाथि प्रश्न उठेको छ । आफैं प्रधानमन्त्री हुँदा भ्रष्टाचारीलाई पक्षपोषण गर्ने विधेयक पास गरेकोबारे नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले उनीमाथि प्रश्न उठाएका हुन् ।
ओली आफै प्रधानमन्त्री हुँदा पाँच वर्षभित्र अदालतमा पेश नभएका भ्रष्टाचारमा मुद्दा नलाग्ने प्रावधान राखिएको विधयेयक पास गरेकोबारे पूर्वसचिव त्रितालले उनीमाथि प्रश्न उठाएका छन् ।
ओलीको बोली र व्यवहारमा देखिएको द्वेध चरित्रबारे प्रश्न उठाउँदै त्रितालले ओलीको भनाइ र गराइलाई प्रकाश पारेका हुन् ।
समाजिक सञ्जाल फेसबुकको स्टाटसमा उनले लेखेका छन्, ‘उहाँको प्रधानमन्त्रीत्व कालमा २०७६ सालमा राष्ट्रिय सभामा पेश गरेका भ्रष्टाचार नियन्त्रण सम्बन्धी दुईवटा विधेयकहरूमा भ्रष्टाचारसम्बन्धी मुद्दा ५ वर्षभित्र अदालतमा पेश नभएमा मुद्दा नलाग्ने भन्ने प्रावधान राखेर पेश भएको तथ्य सबैमा विदितै छ । त्यही प्रावधानलाई यथावत राखेर हालै राष्ट्रिय सभाले पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।’
प्रतिनिधिसभाले सोही प्रावधानसहित विधेयक पारित गरेमा पाँच वर्षअघि भएका भ्रष्टाचार सम्बन्धी विषय आफैं खारेज हुन्छन् ।
‘यस्तो विधेयक पास गरेर सबै कालखण्डको भ्रष्टाचारको छानविन कसरी हुन्छ ?’, त्रितालले प्रश्न गरेका छन् ।
ओलीले आज नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउन लागेको बताउँदै यसअघिका सबै काण्डमाथि छानविन गर्न सरकारलाई चुनौती दिएका थिए ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया