नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखिएकोमा योगेशको आपत्ति
काठमाडौं । एमालेका सचिव योगेश भट्टराईले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रमबाट जनयुद्ध शब्द हटाउन माग गरेका छन् ।
सोमबार संसद बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रमको बुँदा नम्बर १ बाट उक्त शब्द हटाउन माग गरेका हुन् । कांग्रेसलाई निम्छरोको संज्ञा दिँदै सरकारी दस्तावेजमा जनयुद्ध राख्दासमेत के हेरेर बसेको भनि उनले प्रश्न गरे ।
‘२०७२ सालको संविधानपछि कुनै दस्तावेजमा यो शब्द उल्लेख छैन । सम्माननीय राष्ट्रपतिबाट प्रचण्डले उच्चारण गर्न लगाउनुभयो’, उनले भने, ‘यदि यो शब्द कांग्रेसले स्वीकारेको हो भने ‘इन्ड अफ हिस्ट्री’ ‘इन्ड अफ कांग्रेस’ हुन सक्छ । यो विषयमा कांग्रेसका सभापति शेरबहादु देउवाबाट जान्न चाहेको थिएँ । तर उहाँ कम बोल्नुहुन्छ । बोल्दै बोल्न हुन्न । उहाँको सममतिबीना यो कसरी सम्भव छ ?’
यस्तै भए भने कांग्रेस इतिहास बाइ बाइ हुने उनले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया