योगेशलाई देवेन्द्रको प्रश्न : नेपालमा जनयुद्ध नभएर भालु युद्ध भएको थियो ?
काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रमबाट जनयुद्ध शब्द हटाउन एमालेका सांसद योगेश भट्टराईको मागप्रति माओवादी केन्द्रका सासंद देवेन्द्र पाैडेलले आपत्ति जनाएका छन् ।
सोमबार भट्टराईले सरकारी दस्तावेजमा जनयुद्ध शब्द राख्न नपाउने भन्दै उनले बुँदा नम्बर १ बाट जनयुद्ध शब्द हटाउन आग्रह गरेका थिए । भट्टराईको आग्रहप्रति असहमति जनाउँदै पाैडेलले मानिस लडेको युद्ध जनयुद्ध नभइ के युद्ध हुन्छ भनेर उनले प्रतिप्रश्न गरेका थिए ।
‘माननीयज्यूलाई म डिक्सनर पल्टाएर पढ्न आग्रह गर्न चाहन्छु । जनयुद्ध नभएर माछा युद्ध थियो ? भालु युद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ? रुख र ढुंगा लडेका थिए ?’, उनको प्रश्न थियो ।
उनले नेपालीलाई सार्वभौम बनाउन र संविधानसभाबाट संविधान जारी गर्न जनयुद्ध लडेको स्मरण गराउँदै इतिहासको अवमूल्य नगर्न चेतावनी दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया