योगेशलाई देवेन्द्रको प्रश्न : नेपालमा जनयुद्ध नभएर भालु युद्ध भएको थियो ?

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रमबाट जनयुद्ध शब्द हटाउन एमालेका सांसद योगेश भट्टराईको मागप्रति माओवादी केन्द्रका सासंद देवेन्द्र पाैडेलले आपत्ति जनाएका छन् ।
सोमबार भट्टराईले सरकारी दस्तावेजमा जनयुद्ध शब्द राख्न नपाउने भन्दै उनले बुँदा नम्बर १ बाट जनयुद्ध शब्द हटाउन आग्रह गरेका थिए । भट्टराईको आग्रहप्रति असहमति जनाउँदै पाैडेलले मानिस लडेको युद्ध जनयुद्ध नभइ के युद्ध हुन्छ भनेर उनले प्रतिप्रश्न गरेका थिए ।
‘माननीयज्यूलाई म डिक्सनर पल्टाएर पढ्न आग्रह गर्न चाहन्छु । जनयुद्ध नभएर माछा युद्ध थियो ? भालु युद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ? रुख र ढुंगा लडेका थिए ?’, उनको प्रश्न थियो ।
उनले नेपालीलाई सार्वभौम बनाउन र संविधानसभाबाट संविधान जारी गर्न जनयुद्ध लडेको स्मरण गराउँदै इतिहासको अवमूल्य नगर्न चेतावनी दिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया