योगेशमाथि माधवको कटाक्ष : ‘बा’लाई खुशी पार्न बैगुनी कमरेडले निष्ठालाई बन्दकी राख्नुभयो
काठमाडौं । एमालेका सांसद योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमबाट ‘जनयुद्ध’ शब्द हटाउन माग गरिएकोमा माओवादीका सांसदहरू आक्रोसित भएका छन् ।
भट्टाराईको अभिव्यक्तिप्रति पूर्वमन्त्री एवं सांसद देवेन्द्र पौडेलले जनयुद्ध हो कि होइन भन्ने विषयमा आँखा जुधाएर हजारपटक बहस गर्न चुनौती दिएका थिए । माओवादीका अर्का सांसद माधव सापकोटाले भट्टराईमाथि ब्याङ्य गर्दै ‘बा’ खुशी पार्न आफ्नो निष्ठा बन्दकी राखेको आरोप लगाए । माथि
‘बालाई खुशी पार्न आफ्नो निष्ठा बन्दकी राखेर व्यङ्ग्य गर्ने बैगुनी कमरेडलाई म भन्न चाहन्छु जनयुद्ध महान क्रान्ति थियो, म गर्वका साथ भन्न चाहन्छु जनयुद्ध जिन्दावाद भन्न चाहन्छु’, भट्टराईप्रति कटाक्ष गर्दै उनले भने ।
यसैगरी निष्ठाको कुरा गर्दा बीपी कोइरालाको राजा महेन्द्रसँग निकै ठूलो टकराब पर्ने बेला उहाँले लेखेको एक दिनको डायरी अध्ययन गर्नसमेत भट्टराईलाई सुझाव दिए ।
‘निष्ठाको कुरा गर्दा बीपी कोइरालाको राजा महेन्द्रसँग निकै ठूलो टकराब पर्ने बेलामा उहाँले एकदिनको डायरीमा कोटेसन लेख्नुभएको रहेछ’, उनीले डायरीमा उल्लेख भएको वाक्याशं स्मरण गर्दै भने, ‘हुन त ज्ञान पनि पूर्ण त हुँदैन, तर पनि नियतिमा भन्दा पनि ज्ञानमै नै बढी निर्भर रहनुपर्छ जिन्दगी भनेर लेख्नुभएको रहेछ । म एकपटक बैगुनी कमरेडलाई बीपीको डायरी अध्ययन गर्न अनुरोध गर्दछु ।’
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया