आइसिसी विश्वकप छनोटका लागि नेपालको प्ररम्भिक टिम घोषणा, को–को छन् ?
काठमाडौं । आगामी महिना जिम्बावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । सोमबार प्रशिक्षक मोन्टी देसाईले उक्त टिम घोषणा गरेका हुन्।
प्रारम्भिक टिममा कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी रहेका छन् ।
यसैगरी करण केसी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल र अभिनास बोहरा रहेका छन् ।
आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ।
दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्ने क्यानले जनाएको छ । प्रशिक्षणपछि विश्वकप छनोटका लागि १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्ने क्यानको तयारी छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया