NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

केरा आयातमै बाहिरियो १ अर्ब २ करोड

काठमाडाैं । नेपालमै उत्पादन भएका केराले बजार नपाएको अवस्थामा भारतीय केरा भने १ अर्बभन्दा बढी भित्रिएको छ । भारतिय केराले नेपाली उत्पादनलाई  विस्थापन गर्दा एकातिर नेपाली किसान मारमा परेका छन् भने अर्कातिर अर्बौ रूपैयाँ बाहिरिरहेको छ ।

चालु आव ०७९/८० को वैशाख मसान्तसम्ममा छिमेकी मूलुक भारतबाट १ अर्ब रूपैयाँभन्दा बढीको केरा आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा १ अर्ब २ करोड ५३ लाख रूपैयाँको केरा नेपाल भित्रिएको छ । उक्त मूल्य बराबरको केरा नेपाल भित्रिदा सरकारले २० करोड ९४ लाख ५९ हजार रूपैयाँ राजश्व संकलन गरेको छ ।