कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका र्कीतिमानी हरिको भव्य स्वागत

काठमाडौं । कृत्रिम खुट्टाको सहायताले विश्वको अग्लो सगरमाथा चुचुरोमा सफल आरोहण गरेर फर्किएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई भव्य स्वगत गरिएको छ ।
मंगलबार त्रिभुवन विमानस्थलमा उनको स्वागतका लागि संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँती आफै पुगेका थिए । बुढामगरको सम्मानमा विमानस्थलमा सयौं भेला भएका थिए ।
दुवै खुट्टा नभएर पनि अदम्य साहस, अथक मिहेनतले विश्व शिखरमा सफल आरोहण गर्न सफल भएको भन्दै मन्त्री किराँतीले बुढामगरलाई उच्च सम्मान गर्ने बताए ।
वसन्त ऋतुको जारी सिजनको आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेका हुन् । ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना बुढामगरले दुवै खुट्टा गुमाएका थिए ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया