कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका र्कीतिमानी हरिको भव्य स्वागत
काठमाडौं । कृत्रिम खुट्टाको सहायताले विश्वको अग्लो सगरमाथा चुचुरोमा सफल आरोहण गरेर फर्किएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई भव्य स्वगत गरिएको छ ।
मंगलबार त्रिभुवन विमानस्थलमा उनको स्वागतका लागि संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँती आफै पुगेका थिए । बुढामगरको सम्मानमा विमानस्थलमा सयौं भेला भएका थिए ।
दुवै खुट्टा नभएर पनि अदम्य साहस, अथक मिहेनतले विश्व शिखरमा सफल आरोहण गर्न सफल भएको भन्दै मन्त्री किराँतीले बुढामगरलाई उच्च सम्मान गर्ने बताए ।
वसन्त ऋतुको जारी सिजनको आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेका हुन् । ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना बुढामगरले दुवै खुट्टा गुमाएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया