आइसिसी क्रिकेट विश्वकप छनोटमा विश्व विजेता वेस्ट इन्डिज र नेपाल एउटै समूहमा

काठमाडौं । आगामी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार १० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको हो । समूह ‘ए’मा समूहमा नेपालसहित, आयोजक जिम्बावे, विश्व विजेता वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका परेका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
सोमबार २२ सदस्यीय प्रारम्भिक टोली बनाएको नेपालले एक साताको अभ्यासपछि नेपाली टिम मे ३१ (जेठ १७ गते) मा दक्षिण अफ्रिका जाँदैछ। १८ जुलाई अर्थात् ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।
दोस्रो खेल ५ असारमा अमेरिकासँग खेल्नेछ । यसैगरी ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ ।
ताजा अपडेट
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
-
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
प्रतिक्रिया