पनीरको फेस प्याक कसरी बनाउने, फाइदा के ?

एजेन्सी । गर्मीमा चर्को घामले छालाको हेरचाह गर्न मुस्किल पर्छ । पसिनाले अनुहारमा चिल्लोपन आउनुका साथै कालो बनाउँछ ।
हामी यी सबै समस्याबाट बच्न बाहिरी प्रोडक्टमा विशेष दिन्छौं जसले प्राकृतिक र घरेलु सामग्रीलाई वेवास्ता गछौं । गर्मीमा बाहिरको केमिकलयुक्त साम्रगी भन्दा प्राकृतिक चीजहरू बढी फाइदाजनक हुन्छन्।
हाम्रो छालालाई ताजा राख्न पनीर पनि उपयुक्त प्राकृतिक सौन्दर्य प्रदान गर्ने सामग्री हो । यसको फेस प्याक अनुहारका लागि फाइनाजक मानिन्छ । यसले अनुहारको सुख्खापन हटाउँछ र अनुहारको छाला ताजा बनाइराख्छ । यसले छालालाई प्राकृतिक नरमता प्रदान गर्छ ।
गर्मीमा अत्याधिक घाम र धुलो(माटोले अनुहारको चमक घटाइरहेको हुन्छ । पनीरको प्याकले अनुहारको डेड स्क्रिन हटाउँछ । पनीरमा सेलेनियम, भिटामिन ई र धेरै प्रकारका एन्टिअक्सिडेन्टहरू हुन्छन्, जसले तपाईंको छाला सफा र स्वस्छ राख्छ ।
बनाउने कसरी ?
पनीर फेस प्याक बनाउन पनीरको सानो टुक्रा लिनुहोस् र यसलाई ग्राइन्डरमा राख्नुहोस्। यसमा आधा चम्चा गुलाब जल, एक चम्चा मह र कागतीकाे रस मिसाउनुहोस्। यसलाई राम्ररी पीस्नुहोस् र यसको पेस्ट तयार गर्नुहोस् । यसमा तपाइ भिटामिन ‘इ’ क्याप्सुल पनि राख्नसक्नुहुन्छ ।
अब सफा पानीले अनुहार धुनुहोस् र यो प्याक अनुहारमा राम्रोसँग ब्रसको सहायताले लगाउनुहोस् । यसलाई १५ देखि २० मिनेटसम्म अनुहारमा राख्नुहोस् र मनतातो पानीले अनुहार पखाल्नुहोस् । यो प्याक तपाई हप्तामा दुई पटक लगाउन सक्नुहुन्छ । यसले अनुहार सफा र चम्किलो राख्छ ।
प्रतिक्रिया