NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै

काठमाडौं । मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेको छ ।

सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए ।

आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भ–याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैै डोजर लगाएर भत्काउने उनले बताए ।

यसअघि अतिक्रमति घरटहरा, छाप्रा, भ–याङ, पर्खाललगायतका संरचना हटाउन आयोजनाले ०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरेको थियो । ती सबै क्षेत्रमा पटक–पटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले घरटहरा भत्काउन थालिएको गरेको बरालले बताए ।

अभियानअन्तर्गत आयोजनाले मध्यपुरथिमि नगरपालिका–१ मनोहरा पुलसँगै आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका तीन टहरा मङ्गलबार भत्काएको छ । यसलाई तीव्रता दिँदै भक्तपुर र काठमाडौँतर्फका सबै अतिक्रमित संरचना भत्काइने उनले बताए ।

मनोहरास्थित टहरामा बस्दैआएकाहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिए पनि उच्च अदालतले २०८० जेठ ४ गते अन्तरिम आदेश नदिई खारेज गरेको र अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै अतिक्रमित घरटहरा हटाउन पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेकाले बाध्य भएर डोजर चलाएको उनले जानकारी दिए ।

आयोजनाले भदौ २९ गते पनि अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरेको तर अटेर गरेको पटक–पटक अतिक्रमित क्षेत्र र आयोजनाभित्र माइकिङ गरेको र गतसाता मात्रै घरमै गएर सूचना टाँस गर्नुका साथै पुनः माइकिड गर्दा पनि अटेर गरेको उपनिर्देशकको बरालको भनाइ छ । भित्री सडक खुलिसकेको, तर मुखको सडकमा संरचना बनाएर नौ मिटर चौडा सडक नै कब्जा गरेपछि संरचना भत्काइको उनको भनाइ छ ।

ताजा अपडेट

नेपालवाच विशेष