NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एसेम्बलिङ उद्योगलाई दिँदै आएको सुविधा कटौती गर्न लागेकोप्रति नाडाको आपत्ति

काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एसेम्बलिङ उद्योगलाई सरकारले दिँदै आएको महशुल छुट तथा सुविधा कटौती गर्न लागेकोप्रति आपत्ति जनाएको छ।

सरकारले ल्याउन लागेको बजेटमा सुविधा कटौती गर्न लागेकोप्रति नाडाले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘एसेम्बलिङ उद्योगलाई दिइदै आएको महशुलमा छुटलगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको भन्ने विषयमा त्यसको मुख्य सरोकारवाला संस्था नाडाको विशेष ध्यान आकृष्ट भएको छ ।’

नाडाले विज्ञप्तिमार्फत एसेम्वली उद्योगले औद्योगिकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पु¥याई रहेको जनाएको छ । नेपालमा नै सवारी साधनको एसेम्बल उद्योग स्थापना हुदा सर्वसाधरण वर्गलेसमेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्ने, नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने नाडाको धारणा छ ।

‘एउटा एसेम्बल उद्योगको कारण त्यससंग आश्रित भएर कैयन अन्य उद्योगहरुको पनि स्थापना हुने गर्दछ । अझ भनौ यसको क्षेत्र वहुआयामिक हुन्छ । सरकारले यस्ता तथ्यहरुलाई नजर अन्दाज गर्दै भएकै सुविधाहरुलाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरिरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्ने मात्र नभई नेपालको ओद्योगिकरणको दौड पनि अझै पछाडी पर्ने निश्चित नै छ,’ जारि विज्ञप्तिमा भनिएको छ ।

सरकारले सबै नागरिकले सवारी साधन प्रयोग गरुन भन्ने उद्धेश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउदै जानु पर्नेमा त्यसो नभएको नाडाको आपत्ति छ । सरकारल थोरै बर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ्ग उद्योग खुल्ने खुल्ने त कुरै छाडौ भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने नाडाले जनाएको छ ।

सरकारले तत्कालको समस्या अर्थात राजश्वलाई मात्र दृष्टिगतगरी नीति बनाउदा त्यसको दिर्घकालिन असरलाई समेत ध्यान दिनु पर्ने नाडाको धारणा छ । सरकारले यस्ता विभिन्न बस्तुगत तथ्यहरुलाई मनन गर्दै आउँदो बजेटको तर्जुमा गर्दा सवारी साधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गरोस भन्ने नाडाको धारणा रहेको छ ।