NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, शिभमसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १६ दशमलब ४९ अङ्कले उकालो लागेर एक हजार नौ सय ५९ दशमलब १२ मा पुगेको छ ।

आज २७० कम्पनीको ३४ हजार ८४१ स्टकको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयरमूल्य घटेकत्र छ भने बाँकीको शेयर मूल्यमा नै वृद्धि भएको छ । वित्त ०.४५, जलविद्युत ०.३१ र म्युचल ०.२१ प्रतिशतले घटेको छ ।

बढेका उपसमूहरूमा बैंकिङ ०.१७, विकास बैंक ०.०१, होटल तथा पर्यटन ४.४७, लगानी ०.५१, जीवन बीमा १.२०, उत्पादन ४.६९, माइक्रोफाइनान्स २.१८, नीर्जीवन १.२९, अन्य १.५३ र व्यापार १.६० प्रतिशतले बढेको छ ।

बुधबार आत्मनिर्भर लघुवित्त र युनिलिभर नेपाल लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सानिमा इक्युटी फण्डका लगानीकर्ताले सर्वाधिक ३.७७ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ६४ लाख ९१ हजार ७४ रूपैयाँको कारोबार भएको छ । यस्तै, नेशनल लाइफ इन्स्योरेन्स ७ करोड ७४ लाख ७१ हजार रूपैयाँको कारोबार भएको छ ।

हिमालय डिष्टिलरी नेपालको ५ करोड ८१ लाख २९ हजार, सोल्टी होटल ५ करोड ६८ लाख १९ हजार रूपैयँको कारोबार भएको छ । कारोबार भएका सेयरसंख्याको आधारमा पनि सिभम् सिमेन्टकै सर्वाधिक ३ लाख २६ हजार ३४ कित्ता सेयर खरिदबिक्री भएको छ ।